spot_img
29.4 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकृषिजनउत्थान सामुदायिक लघुवत्तद्वारा व्यावसायिक बाख्रापालन तालिम सम्पन्न ।

जनउत्थान सामुदायिक लघुवत्तद्वारा व्यावसायिक बाख्रापालन तालिम सम्पन्न ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शान्तिबजार कैलाली शाखा द्वारा उद्यमलता, व्यवसाय व्यवस्थापन तथा हरित रोजगारी कार्यक्रम अन्तर्गत १ दिने व्यवसायिक बाख्रा पालन तालिम तथा बैंकिङ समुदायका सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम शाखा अधिकृत कृष्णप्रसाद अधिकारीको अध्यक्षता तथा कार्यक्रममा जनउत्थानको गित मार्फत तालिम शुभारम्भ भएको थियो । तालिमका अवसरमा शाखा अधिकृतले महिलाहरू आत्मनिर्भर बन्न व्यवसायिक पशुपालन अत्यन्तै प्रभावकारी माध्यम हुने बारे बाताए । “सीपसँगै लगानी र निरन्तरताले महिलालाई आर्थिक रूपमा सबल बनाउन तालिमले गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुरयाउने बताएका थिए । तालिमका प्रशिक्षकहरुले व्यवसायिक बाख्रा पालन, बाख्राको जात र महत्व, रोग व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन, बाख्राको प्रजनन चक्र, बोकाको चयन, बच्चाको हेरचाह तथा बजारिकरण सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका थिए । कार्यक्रममा ३० जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here