spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारराजनीतिदाबी भुक्तानी बढ्दा शिखर इन्स्योरेन्स घाटामा, दोस्रो त्रैमासमा ४ करोड ४७ लाख...

दाबी भुक्तानी बढ्दा शिखर इन्स्योरेन्स घाटामा, दोस्रो त्रैमासमा ४ करोड ४७ लाख नोक्सानी

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफाबाट घाटातर्फ यात्रा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ४ करोड ४७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको जनाएको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनी घाटामा जानुको मुख्य कारण दाबी भुक्तानीमा भएको उल्लेखनीय वृद्धि रहेको देखिन्छ। विशेष परिस्थितिका कारण दाबी रकम अत्यधिक बढ्दा कम्पनीको खर्चमा ठूलो चाप परेको हो। समीक्षा अवधिमा दाबी भुक्तानी करिब १२२.५६ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी भने २२.४१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै कुल आम्दानी ५.७१ प्रतिशतले बढे पनि खर्च ६२.१५ प्रतिशतले बढ्दा समग्र नतिजा नकारात्मक बनेको हो।

दोस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर घाटा ३ रुपैयाँ ६ पैसा पुगेको छ

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here