spot_img
19.9 C
Kathmandu
spot_img
Homeसमाचारखेलकुदओमानलाई हराउँदै नेपाल फाइनलमा

ओमानलाई हराउँदै नेपाल फाइनलमा

एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ। सिंगापुरको सिंगा ओभल मैदानमा आज बिहान सम्पन्न खेलमा ओमानले प्रस्तुत गरेको ९५ रनको सामान्य चुनौतीलाई नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो।
कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ४४ रनको योगदान दिए। कुशल भुर्तेलले २० र आसिफ शेखले १ रन जोडे।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो। ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन र जुबेर अली अकबरले २२ रन जोड्नु बाहेक अन्य ब्याटर चल्न सकेनन्। ओमानलाई सस्तैमा समेट्न नेपालका बलर करण केसीले ३ विकेट लिए। त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट चट्काए भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको भागमा १–१ विकेट रह्यो। यस जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here