Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, नेपाली बजारमा आज जेठ १९ गते (मंगलबार) सुन र चाँदी दुबैको मूल्यमा वृद्धि देखिएको छ। पछिल्ला दिनमा स्थिरजस्तो देखिएको बजार मंगलबार भने फेरि उकालो लागेको हो, जसले लगानीकर्ता र सर्वसाधारणको ध्यान…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं, नेपाली बजारमा आज जेठ १९ गते (मंगलबार) सुन र चाँदी दुबैको मूल्यमा वृद्धि देखिएको छ। पछिल्ला दिनमा स्थिरजस्तो देखिएको बजार मंगलबार भने फेरि उकालो लागेको हो, जसले लगानीकर्ता र सर्वसाधारणको ध्यान तानेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार भने सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३५५ रुपैयाँ कायम रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/