spot_img
25.1 C
Kathmandu
spot_img
Homeबजारमुद्रायस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ७७ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ १९ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३१ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ७५ पैसा तोकिएको छ।

यसैगरी, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

क्षेत्रीय मुद्रातर्फ, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५४ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६३ पैसा रहेको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने उल्लेख गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here