Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एसइई उत्तीर्ण विद्यार्थीका लागि खुसीको खबर: असार १ देखि कक्षा ११ को पढाइ सुरु हुने

नेपाल सरकारले कक्षा ११ को नयाँ शैक्षिक सत्र आगामी असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयहरूलाई जेठ मसान्तभित्र भर्ना प्रक्रिया सकेर असारको पहिलो…


विज्ञापनAdvertisement Banner
1 min read
नेपाल सरकारले कक्षा ११ को नयाँ शैक्षिक सत्र आगामी असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयहरूलाई जेठ मसान्तभित्र भर्ना प्रक्रिया सकेर असारको पहिलो दिनदेखि नै नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएको हो।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेकाले केन्द्रले बिहीबार एक विशेष सूचना जारी गर्दै शैक्षिक तालिकालाई नियमित बनाउन यस्तो आग्रह गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीतिगत निर्णय र निर्देशनअनुसार देशभरका शिक्षा विकास तथा समन्वय इकाइहरूलाई विद्यालयहरूमा आवश्यक व्यवस्था मिलाउन परिपत्र गरिएको छ।
नयाँ शैक्षिक सत्रलाई व्यवस्थित र समयमै अगाडि बढाउनका लागि केन्द्रले स्थानीय तहहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ। साथै, सबै माध्यमिक विद्यालयहरूलाई यो निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको छ।
सरकारको यो कदमसँगै एसइई उत्तीर्ण गरेर उच्च शिक्षाको पर्खाइमा रहेका लाखौँ विद्यार्थीहरूको शैक्षिक सत्र कुनै ढिलाइ बिना सही समयमै सुरु हुने सुनिश्चित भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/