Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ सशस्त्र प्रहरी घाइते

काठमाडौं – वीरगन्जमा तस्करी गरेर ल्याएको कपडा गोदाममाथी सशस्त्र प्रहरी छापा मारेको छ । अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – वीरगन्जमा तस्करी गरेर ल्याएको कपडा गोदाममाथी सशस्त्र प्रहरी छापा मारेको छ । अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरीले वीरगन्जको आदर्शनगर स्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेको थियो । सो क्रममा अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/