
काठमाडौं, — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज बजार १.०३ अंकले घट्दै २,७३०.९१ विन्दुमा पुगेको हो। प्रतिशतका आधारमा बजारमा ०.०३ प्रतिशतको गिरावट देखिएको छ।
आजको कारोबार अवधिभर बजार उतारचढावपूर्ण देखिए पनि अन्तिम समयमा सामान्य सुधार भएको थियो। कारोबार बन्द हुँदा कुल कारोबार रकम २ अर्ब ४५ करोड ८ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने कुल ५८ लाख २८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
नेप्से अनुसार आज बजारमा ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। यस्तै १८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
सबैभन्दा बढी कमाउने कम्पनीहरू
आजको कारोबारमा इन्फिनिटी लघुवित्त (IHL) सर्वाधिक कमाउने कम्पनी बनेको छ। कम्पनीको शेयर मूल्य ८.४२ प्रतिशतले बढेर ४३८ रुपैयाँ पुगेको छ।
त्यसैगरी:
• BUNGAL, SMJC, NIBSF2, PBLD87, UAIL, BHCL, CKHL, KBSH, DHEL सर्वाधिक कमाउने कम्पनी बनेक छन्।
आज बजारमा लगानीकर्ताको बिक्री दबाब बढ्दा निम्न कम्पनीहरूको शेयर मूल्य घटेको देखिएको छ। विशेषगरी बैंकिङ, फाइनान्स तथा हाइड्रोपावर समूहका कम्पनीहरूमा गिरावट देखिएको हो। समग्र बजारमा सामान्य करेक्सनसँगै टप लुजर सूचीमा यी कम्पनीहरू परेका छन्।
NIFRAUR85/86, SYPNL, PCIL, BGWT, BNL, SBD89, GMFBS, NIBLSTF, HBLD86, DLBS
उच्च कारोबार भएका कम्पनी
आज सर्वाधिक कारोबार SAHAS कम्पनीको भएको छ। कम्पनीको कुल कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको छ।
त्यसपछि:
• RSML – ७ करोड ३४ लाख रुपैयाँ
• SYPNL – ७ करोड १३ लाख रुपैयाँ
• API – ६ करोड १६ लाख रुपैयाँ
• SHIVM – ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
विश्लेषकहरूका अनुसार बजारमा लगानीकर्ताको मिश्रित मनोविज्ञान देखिएको छ। केही जलविद्युत तथा लगानी समूहका कम्पनीहरूमा सकारात्मक आकर्षण देखिए पनि समग्र बजार भने स्थिर रहन सकेन। कारोबार रकम सन्तोषजनक भए पनि परिसूचकमा ठूलो सुधार आउन सकेन।
लगानीकर्ताहरूले आगामी मौद्रिक नीति, बैंक ब्याजदर तथा आर्थिक गतिविधिसम्बन्धी संकेतहरूलाई नजिकबाट नियालिरहेको बजार विश्लेषकहरूको भनाइ छ।





Leave a Reply