Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ट्राफिक कारबाहीमा एकैदिन २१ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ३६५ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ३६५ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८८ जना चालकलाई कारबाही गरिएको छ भने नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८ जनामाथि पनि कारबाही गरिएको छ। त्यसैगरी, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १५६ जना तथा तीव्र गतिमा सवारी चलाउने १७४ जना चालकलाई नियन्त्रणमा लिएर जरिवाना गरिएको जनाएको छ।

यस्तै, लेन अनुशासन पालना नगर्ने १२३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२८ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२४ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १६३ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १२१ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले उपत्यकामा सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ। साथै, चालकहरूलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रामा सहयोग गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/