Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गड्डाचौकी भन्सारको वार्षिक राजस्व लक्ष्य अपूरो, ८७.५ प्रतिशत मात्रै सङ्कलन

कञ्चनपुरस्थित गड्डाचौकी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/०८३ मा निर्धारण गरिएको वार्षिक राजस्व लक्ष्य पूरा गर्न सकेन। कार्यालयले रु ६९ करोड दुई लाख ८६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि…


विज्ञापनAdvertisement Banner
1 min read

कञ्चनपुरस्थित गड्डाचौकी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/०८३ मा निर्धारण गरिएको वार्षिक राजस्व लक्ष्य पूरा गर्न सकेन। कार्यालयले रु ६९ करोड दुई लाख ८६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि वर्षभरिमा रु ६० करोड नौ लाख ६२ हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टका अनुसार लक्ष्यको तुलनामा करिब १३ प्रतिशत कम राजस्व सङ्कलन भएको हो। उहाँले कुल लक्ष्यको ८७.५ प्रतिशत राजस्व मात्रै प्राप्त भएको जानकारी दिनुभयो।

उहाँका अनुसार गत जेठ महिनामा करको दरमा गरिएको कडाइ तथा वनबासा पुल सीमित समयका लागि मात्र सञ्चालनमा रहँदा राजस्व सङ्कलनमा प्रतिकूल असर परेको थियो।

गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय सामग्री, भाँडाकुँडा तथा कृषि सामग्री लगायतका विभिन्न सामान भारतबाट आयात हुने गरेका छन्। त्यस्तै, अदुवासहित अन्य नेपाली उत्पादनहरू यही नाकामार्फत भारततर्फ निर्यात हुँदै आएको भन्सार कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/