Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तेस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य सुधार, २४ अर्बको जीवन बीमा कोष

काठमाडौं — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै व्यवसायिक सूचकहरूमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ। कम्पनीले गत चैत मसान्तसम्ममा आफ्नो जीवन बीमा कोष २४…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै व्यवसायिक सूचकहरूमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ। कम्पनीले गत चैत मसान्तसम्ममा आफ्नो जीवन बीमा कोष २४ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष १८ अर्ब रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा ६ अर्ब रुपैयाँभन्दा बढीले कोष विस्तार हुनु कम्पनीको व्यवसायिक क्षमता र जोखिम बहन गर्ने सामर्थ्य मजबुत बन्दै गएको संकेतका रूपमा हेरिएको छ। जीवन बीमा कम्पनीहरूको सन्दर्भमा ठूलो बीमा कोषलाई संस्थाको वित्तीय स्थायित्व र विश्वसनीयताको आधार मानिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा सामान्य वृद्धि हुँदै ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यद्यपि, जीवन बीमा कम्पनीहरूको नाफा बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तन हुन सक्ने विश्लेषण गरिएको छ।

कम्पनीको समग्र आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। चालु आवको नौ महिनामा कुल आम्दानी १९.७८ प्रतिशतले वृद्धि भई ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ३१ करोड रुपैयाँ थियो। लगानीबाट प्राप्त प्रतिफल तथा बीमा पोलिसी धितोमा प्रवाह गरिएको कर्जाबाट आएको आम्दानी बढेकाले कम्पनीको आय विस्तार भएको देखिएको छ।

त्यसैगरी, कम्पनीको खर्च पनि बढेको छ। समीक्षा अवधिमा कुल खर्च २०.९२ प्रतिशतले वृद्धि भई ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ५ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो। व्यवसाय प्रवर्द्धन, कर्मचारी सुविधा तथा अन्य सञ्चालन खर्चमा वृद्धि हुँदा खर्च बढेको कम्पनीले जनाएको छ।

यद्यपि, सिटिजन लाइफको जारी बीमा पोलिसी संख्या भने घटेको देखिएको छ। गत वर्ष १० लाख १५ हजार बीमा पोलिसी कायम रहेकोमा चालु आवको नौ महिनासम्ममा यो संख्या घटेर ७ लाख ८८ हजारमा सीमित भएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ९.६० रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९.५४ रुपैयाँभन्दा केही बढी हो। त्यस्तै, प्रतिशेयर नेटवर्थ १३१.१७ रुपैयाँ कायम भएको छ।

ब्याजदर घट्दै जाँदा बीमा तथा वित्तीय क्षेत्रमा चुनौतीपूर्ण अवस्था सिर्जना भइरहेका बेला पनि सिटिजन लाइफले आम्दानी वृद्धि गर्दै आफ्नो व्यवस्थापन क्षमता र दीगो विकास रणनीतिलाई प्रभावकारी रूपमा अघि बढाएको देखिएको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/