spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबीमास्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने सरकारको घोषणा

स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन पुनर्संरचना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न नयाँ योजना अघि सारेको हो ।

सरकारले दुर्गम तथा विकट क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन टेलिहेल्थ प्लेटफर्ममार्फत विशेषज्ञ चिकित्सकको परामर्श सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ । यसबाट ग्रामीण भेगका नागरिकले घरमै बसेर विशेषज्ञ सेवा लिन सक्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, रोगको निगरानी तथा नियन्त्रणलाई व्यवस्थित बनाउन सरकारले ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्ने घोषणा गरेको छ । स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान तथा महामारी नियन्त्रण क्षमतालाई सुदृढ बनाउन संघीय तहमा ‘राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला’ स्थापना गर्ने योजना अघि सारेको छ ।
सरकारका अनुसार यी कार्यक्रमले स्वास्थ्य प्रणालीलाई प्रविधिमैत्री, प्रभावकारी र सर्वसुलभ बनाउने लक्ष्य राखेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here