Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यो साता ४८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं — नेपाली बजारमा यस साता सुनको मूल्य समग्रमा ४ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। साताको सुरुवातमा लगातार घटेको सुनको मूल्य पछिल्ला दिनमा भने उल्लेख्य रूपमा बढेको हो। आइतबार प्रतितोला…


विज्ञापनAdvertisement Banner
2 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं — नेपाली बजारमा यस साता सुनको मूल्य समग्रमा ४ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। साताको सुरुवातमा लगातार घटेको सुनको मूल्य पछिल्ला दिनमा भने उल्लेख्य रूपमा बढेको हो।

आइतबार प्रतितोला सुनको मूल्य १ हजार रुपैयाँले घट्दै २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि सोमबार पनि सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कायम भयो।

सुनको मूल्यमा गिरावट मंगलबार पनि जारी रह्यो। त्यसदिन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँमा झरेको थियो। तर बुधबारदेखि बजारमा पुनः उछाल देखियो। बुधबार मात्रै प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी बिहीबार पनि सुनको मूल्यमा वृद्धि जारी रहँदा प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भयो। शुक्रबार थप १ हजार ३ सय रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ।

लगातारको उतारचढावबीच साताको अन्त्यसम्म आइपुग्दा नेपाली बजारमा सुनको मूल्यमा समग्र रूपमा ४ हजार ८ सय रुपैयाँको वृद्धि देखिएको छ। बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर तथा लगानीकर्ताको मागका कारण सुनको मूल्यमा उतारचढाव आएको बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/