Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अनधिकृत रुपमा निर्मित कपन गुम्बा क्षेत्रका संरचनामा चल्यो डोजर

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन गुम्बा क्षेत्रमा रहेका अस्थायी र अनधिकृत बस्तीहरू हटाउन आज डोजर चलाइएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत नगरपालिकाले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन गुम्बा क्षेत्रमा रहेका अस्थायी र अनधिकृत बस्तीहरू हटाउन आज डोजर चलाइएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत नगरपालिकाले सो कदम चालेको हो।
कपन क्षेत्रमा डोजर चल्नुअघि आजै बिहान धोबीखोला कोरिडोर आसपास मिचेर बनाइएका भौतिक संरचनाहरू समेत भत्काइएको थियो। स्थानीय प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नीति अनुरूप यो सक्रियता देखाएको हो।
पछिल्लो समय काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक क्षेत्रमा रहेका सुकुम्बासी बस्ती तथा अवैध संरचनाहरू हटाउने कार्यले तीव्रता पाएको छ। यसअघि सरकारले बागमती नदी किनारका बस्तीहरूमा पनि यस्तै किसिमको कारबाही अघि बढाएको थियो। सार्वजनिक जग्गा खाली गराउने सरकारको यो कदमप्रति कतिपयले समर्थन जनाएका छन् भने प्रभावित क्षेत्रमा केही तनाव समेत देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/