Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

काठमाडौं — मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्बभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ। कार्यालयका अनुसार उक्त अवधिसम्म कुल रु १३ अर्ब १४ करोड ४५…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्बभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ।

कार्यालयका अनुसार उक्त अवधिसम्म कुल रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो। चालु आर्थिक वर्षका लागि कार्यालयले रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ।

सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन गरिएको छ। यो मासिक लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत रहेको जनाइएको छ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुवातदेखि नै राजश्व संकलन क्रम निरन्तर देखिएको छ। साउनमा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको थियो।

त्यसैगरी मङ्सिरमा रु एक अर्ब ३६ करोडभन्दा बढी, पुसमा रु एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/