spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज कहाँ-कहाँ हुनेछ वर्षा...

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज कहाँ-कहाँ हुनेछ वर्षा ?

काठमाडौं — देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासमेत पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने देखिएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा जारी रहने सम्भावना छ।

मौसमविद्हरूका अनुसार वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने भएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ। साथै चट्याङ र हावाहुरीका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

विभागले आगामी केही दिनसम्म मौसम पूर्ण रूपमा स्थिर नहुने संकेत गरेकोले दैनिक जनजीवन, कृषि कार्य तथा यातायात प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here