Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बिचौलिया विरुद्ध प्रहरी अप्रेशनः एक महीनामै ४१७ जना पक्राउ, १२१ विरुद्ध मुद्दा

काठमाडौं - नेपाल प्रहरीले बिचौलिया विरुद्ध देशव्यापी रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत पछिल्लो एक महिनामा ४१७ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं उपत्यकाबाट १३३ जना, कोशी प्रदेशबाट ४५ जना,…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल प्रहरीले बिचौलिया विरुद्ध देशव्यापी रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत पछिल्लो एक महिनामा ४१७ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं उपत्यकाबाट १३३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५ जना, बाग्मती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूमध्ये १२१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने २९६ जनालाई अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीले सेवा प्रवाहलाई बिचौलियारहित, नागरिकमैत्री, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ। सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा ठगी गर्ने तथा दुःख दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको पनि बताइएको छ।

प्रहरीका अनुसार यस्तो कार्यले सार्वजनिक सेवामा पारदर्शिता र विश्वास बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/