Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी र स्थानीय प्रणालीको प्रभाव: देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरका कारण देशभरको मौसममा बदली, वर्षा तथा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरका कारण देशभरको मौसममा बदली, वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढेको छ।

महाशाखाका अनुसार अहिले देशका अधिकांश हिमाली र पहाडी भूभागमा सामान्यदेखि मध्यम बदली छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको पनि जनाइएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि बादल लाग्ने सम्भावना छ। यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने बताइएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशका केही पहाडी स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि मौसमको अवस्था धेरै परिवर्तन नहुने जनाइएको छ। देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/