spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसशस्त्र प्रहरीको नयाँ नेतृत्वमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको नयाँ नेतृत्वमा नारायणदत्त पौडेल नियुक्त

नेपाल सरकारले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई संगठनको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय लिएको हो।
सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार, पौडेलले आगामी वैशाख १८ गतेबाट औपचारिक रूपमा सशस्त्र प्रहरीको कमान्ड सम्हाल्नेछन्। हालका महानिरीक्षक राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पुरा गरी सोही दिन अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नेतृत्व चयन गरेको हो।
नवनियुक्त आईजीपी पौडेल हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागको प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। उनी २०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट सुरक्षा सेवामा प्रवेश गरेका थिए। वरिष्ठता र कार्यक्षमताका आधारमा आईजीपीको दौडमा उनी पहिलो प्राथमिकतामा रहेका थिए।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here