spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो

सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो

काठमाडौं — नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भई ३ लाख ५ सय रुपैयाँ पुगेको छ।

आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारको वृद्धिसँगै सुनको मूल्य ऐतिहासिक रूपमा ३ लाख रुपैयाँको सीमा पार गरेको हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

१० ग्राम चाँदीको मूल्य आज ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here