spot_img
19.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकर/राजश्वरसुवागढी भन्सारबाट ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

रसुवागढी भन्सारबाट ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

काठमाडौं — उत्तरी नाका रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सो अवधिमा करिब ३१ अर्ब ३० करोड रुपैयाँ बराबरका सामान आयात भएको कार्यालयले जनाएको छ।

रसुवागढी नेपाल–चीन व्यापारको प्रमुख नाकाका रूपमा स्थापित हुँदै गएको छ। भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित वस्तुको मूल्याङ्कनका आधारमा उल्लेखनीय राजस्व सङ्कलन भएको हो। कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधका बाबजुद नाकाबाट व्यापारिक गतिविधि निरन्तर सञ्चालनमा रहेको उनले बताए।

नाकाबाट मुख्य रूपमा रोलकपडा, तयारी पोसाक, विद्युतीय सवारी (इभी), जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ तथा विभिन्न मेसिनरी सामग्री आयात हुँदै आएका छन्। साथै नेपाली सेनाको ‘फास्ट ट्र्याक’ आयोजनाका लागि आवश्यक उपकरणसमेत यही नाकाबाट भित्रिने गरेका छन्।

नेपालबाट चीनतर्फ भने करिब ६५ करोड रुपैयाँ बराबरका सामग्री निर्यात भएका छन्। निर्यात हुने वस्तुमा हस्तकला सामग्री, परम्परागत नेपाली कपडा, बाँसका सामग्री, सुक्खा घाँस (चौँरीका लागि), चाउचाउ र बिस्कुट प्रमुख रहेका छन्। सीमित उत्पादन क्षमताका बाबजुद निर्यात विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाउँदा केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो। पुल पुनःनिर्माणमा ढिलाइ हुँदा पुस १७ गतेपछि मात्रै आयात–निर्यात पुनः नियमित भएको जनाइएको छ।

इतिहासमा भृकुटी र तिब्बती राजा श्रङ्चङ गम्पोबीचको वैवाहिक सम्बन्धपछि नेपाल–तिब्बत व्यापार विस्तार भएको मानिन्छ। सोही ऐतिहासिक मार्ग आधुनिक स्वरूपमा विकास हुँदै आज रसुवागढी नेपालको प्रमुख उत्तरी व्यापारिक प्रवेशद्वार बनेको छ।

२०७२ मङ्सिर १५ गते चीन सरकारले रसुवागढी नाकालाई पूर्ण मान्यता दिएपछि यहाँ व्यापारिक गतिविधि थप बढेको हो। छोटो दूरी, सहज पहुँच र अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाका कारण व्यवसायीहरू यस नाकातर्फ आकर्षित हुँदै गएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।

यद्यपि, बारम्बार हुने बाढी, पहिरो र सडक स्तरोन्नति कार्यका कारण यातायात प्रभावित हुने समस्या अझै कायम छ। व्यवसायीहरूले सडक पूर्ण रूपमा बन्द नगरी समय तालिका मिलाएर मर्मत र व्यापार दुवै कार्य सञ्चालन गर्न माग गरेका छन्।

भन्सार यार्डमा पर्याप्त संरचना र सुरक्षित कार्य वातावरणको अभावले कर्मचारीहरू कठिन परिस्थितिमा काम गर्न बाध्य छन्। चिसो हावा र धुलोबीच दिनभरि सेवा दिनुपर्ने अवस्था रहेको भन्दै उनीहरूले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here