Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुन बजारमा गिरावट: सातामा ४ हजार ५ सय रुपैयाँले घट्यो मूल्य

काठमाडौं — साताभर उतारचढाव देखिएको नेपाली सुन बजार अन्ततः गिरावटमा बन्द भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साता सुनको मूल्य कुल ४ हजार ५ सय रुपैयाँले घटेको हो। साताको पहिलो…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — साताभर उतारचढाव देखिएको नेपाली सुन बजार अन्ततः गिरावटमा बन्द भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साता सुनको मूल्य कुल ४ हजार ५ सय रुपैयाँले घटेको हो।

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्दै ३ लाख १ हजार रुपैयाँ पुगेको थियो। तर, यो वृद्धि लामो समय टिक्न सकेन। सोमबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९९ हजार ७ सय रुपैयाँमा झर्‍यो।

मंगलबार फेरि बजारमा सुधार देखिँदै सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ३ सय रुपैयाँ पुगेको थियो। तर बुधबार पुनः गिरावट आएको देखियो, जस दिन मूल्य ८ सय रुपैयाँले घट्दै ३ लाख ५ सय रुपैयाँमा सीमित रह्यो।

यसपछि बिहीबार र शुक्रबार लगातार दुई दिन सुनको मूल्यमा उल्लेख्य गिरावट आयो। बिहीबार प्रतितोला १ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९८ हजार ७ सय रुपैयाँमा झर्‍यो भने शुक्रबार थप २ हजार २ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/