Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको चेतावनी, तापक्रम ४० डिग्री नाघ्ने अनुमान

काठमाडौं — देशका विभिन्न क्षेत्रमा फरक–फरक मौसमी अवस्था देखिँदै गर्दा मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। महाशाखाले आगामी तीन दिनसम्म…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — देशका विभिन्न क्षेत्रमा फरक–फरक मौसमी अवस्था देखिँदै गर्दा मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। महाशाखाले आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गर्दै बुलेटिन जारी गरेको हो।

हाल नेपालको मौसमी प्रणालीमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा तथा हिमपात भइरहेको छ।

तर, देशको दक्षिणी भेग भने अत्यधिक गर्मीको चपेटामा परेको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु र रुपन्देही लगायतका जिल्लाहरू बढी प्रभावित हुने सम्भावना रहेको जनाइएको छ।

तातो हावाका कारण सर्वसाधारणमा थकान, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या देखिन सक्ने चेतावनी दिइएको छ। गम्भीर अवस्थामा बेहोस हुने तथा मांसपेशी दुख्ने समस्या समेत देखिन सक्ने भएकाले स्वास्थ्यप्रति विशेष ध्यान दिन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न, हल्का तथा सुती कपडा लगाउन र शरीरमा पानीको मात्रा कायम राख्न पर्याप्त तरल पदार्थ सेवन गर्न सुझाव दिएको छ। स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन पनि अनुरोध गरिएको छ।

यता, आउँदो साताको सुरुदेखि मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ। यसले ती क्षेत्रमा तापक्रममा सामान्य गिरावट ल्याउने र वातावरणीय अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।

शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यद्यपि, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही दिनसम्म गर्मी कायमै रहने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले पुनः आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/