Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुकुमबासी बस्तीमा पुग्यो डोजर

काठमाडौं - थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर पुगेको छ। बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्ती हटाउन डोजर तैनाथ गरिएको हो। थापाथलीमा डोजर आइपुगेपछि प्रहरीले सुकुमबासी बस्तीभित्र छिरेर घर–घरमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर पुगेको छ। बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्ती हटाउन डोजर तैनाथ गरिएको हो।

थापाथलीमा डोजर आइपुगेपछि प्रहरीले सुकुमबासी बस्तीभित्र छिरेर घर–घरमा माइकिङ गरिरहेको छ। सबै मानिसलाई बाहिर निकाल्न प्रहरी खटिएको छ भने डोजर स्ट्यान्डबाई अवस्थामा राखिएको छ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन्।

काठमाडौँ महानगर प्रहरी बलका अनुसार पहिले थापाथली र त्यसपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/