काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा शुक्रबार दिउँसो प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान भएको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको विशेष टोलीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा मुठभेडको स्थिति सिर्जना भएको हो। ब्युरोका अनुसार लागुऔषध प्रयोगकर्ता तथा कारोबारीको समूहले पहिले प्रहरीमाथि लक्षित गरी गोली प्रहार गरेको थियो। समूहको आक्रमणपछि प्रतिरक्षाका लागि प्रहरीले जवाफी कारबाही गर्दा एक जना घाइते भएका छन्।
प्रहरीको गोली लागेर घाइते हुनेमा मकवानपुरको हेटौंडा स्थायी घर भई हाल साँखु क्षेत्रमा बस्दै आएका ३५ वर्षीय जीवन जिम्मा रहेका छन्। उनको खुट्टामा चोट लागेको र हाल साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ब्युरोका एक उच्च अधिकारीका अनुसार यो घटना लागुऔषध नियन्त्रणका लागि सञ्चालित विशेष अपरेशनका क्रममा घटेको हो। प्रहरीले घटनास्थलबाट थप अनुसन्धानका लागि एक थान स्वचालित पेस्तोल समेत नियन्त्रणमा लिएको छ। घटनाबारे विस्तृत विवरण संकलन गर्ने र संलग्न अन्यको खोजी गर्ने कार्य जारी रहेको प्रहरीले बताएको छ।
साँखुमा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त: एक जना घाइते, पेस्तोल बरामद