Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम, देशका अधिकांश क्षेत्रमा वर्षा र चट्याङ्गको सम्भावना

काठमाडौं— मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने तराई क्षेत्रमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत अन्य हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली तथा पहाडी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का उच्च भूभाग तथा कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, मधेस प्रदेश सहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका–खोँचहरूमा आज तापक्रम बढ्ने र तातो दिनको अनुभव हुने अनुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा (हीट वेभ) को सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशका हिमाली भूभागमा सामान्य बदली, पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेश का हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसमविद्हरूले चट्याङ्ग, वर्षा तथा तातो हावाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *