spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारमहाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रहरीकै स्वामित्वमा

महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रहरीकै स्वामित्वमा

काठमाडौं — नेपाल प्रहरी का प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रहरीकै स्वामित्वमा कायम गर्ने सरकारको निर्णयलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

नेपाल सरकारको मन्त्रिपरिषद्ले मिति २०८३ वैशाख १० गते गरेको निर्णयअनुसार महाराजगञ्जमा अवस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान कै स्वामित्वमा रहने व्यवस्था गरिएको हो। उक्त निर्णयलाई नेपाल प्रहरी संगठनका लागि दीर्घकालीन महत्वको रूपमा हेरिएको छ।

प्रहरी महानिरीक्षक कार्कीका अनुसार यस निर्णयले संस्थागत सुदृढीकरण, भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण टेवा पुर्‍याउनेछ। उनले यो कदमले प्रहरी संगठनको क्षमता विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

यस अवसरमा नेपाल प्रहरी ले सम्माननीय प्रधानमन्त्री, नेपाल सरकार तथा मन्त्रिपरिषद्प्रति आभार प्रकट गरेको छ। साथै, विगत लामो समयदेखि यस विषयमा निरन्तर पहल गर्दै आएका अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूलाई पनि विशेष धन्यवाद दिइएको छ।

नेपाल प्रहरीले आगामी दिनहरूमा पनि संस्थागत सुदृढीकरण, पेशागत क्षमता अभिवृद्धि र मनोबल उच्च राख्न सरकारबाट निरन्तर सहयोग र अभिभावकत्व प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here