spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो, तोलामा कति पुग्यो?

सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो, तोलामा कति पुग्यो?

काठमाडौं — स्थानीय बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ। लगातार दोस्रो दिन मूल्य घटेसँगै उपभोक्तामा केही राहत देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो बुधबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार रुपैयाँमा र चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ र चाँदी ५ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।

यसरी हेर्दा पछिल्ला दुई दिनमा सुनको मूल्य करिब २६ सय रुपैयाँले घटेको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुन प्रतिऔंस ४ हजार ७०५ अमेरिकी डलर र चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here