Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौंमा वायु प्रदूषण बढ्योः एक्युआई

काठमाडौं — काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अचानक बढ्दै गएर “धेरै अस्वस्थ” श्रेणीमा पुगेको छ। हालैको वर्षापछि केही सुधार देखिए पनि फेरि मौसम सुक्खा हुँदै जाँदा वायु गुणस्तर तीव्र रूपमा बिग्रिएको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अचानक बढ्दै गएर “धेरै अस्वस्थ” श्रेणीमा पुगेको छ। हालैको वर्षापछि केही सुधार देखिए पनि फेरि मौसम सुक्खा हुँदै जाँदा वायु गुणस्तर तीव्र रूपमा बिग्रिएको हो।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मंगलबार दिउँसो करिब ९२ रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ बजे सम्म बढेर २४७ पुगेको छ। यो स्तर “धेरै अस्वस्थ” श्रेणीमा पर्छ, जसले सर्वसाधारणको स्वास्थ्यमा समेत असर पार्न सक्ने जनाइएको छ।

एक्युआई मापदण्डअनुसार ०–५० “राम्रो”, ५१–१०० “मध्यम”, १०१–१५० “अस्वस्थ”, १५१–२०० “सबैका लागि अस्वस्थ”, २०१–३०० “धेरै अस्वस्थ” र ३०० भन्दा माथि “अत्यन्त खतरनाक” मानिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा मौसम, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्।

“अहिले वर्षा नहुँदा सुक्खा बढ्दै गएको छ, जसले धुलो र धुवाँ वायुमण्डलमा जम्मा हुन सहयोग गरेको छ,” उनले बताए। “वर्षा हुँदा यी कणहरू जमिनमा बस्छन् र वायु सफा हुन्छ, तर अहिले त्यो अवस्था छैन।”

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने देखिएको जानकारी दिइन्।

“वर्षा नभएपछि वायुमण्डल सफा हुन सक्दैन, जसले प्रदूषण अझै बढाउने सम्भावना छ,” उनले भनिन्।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोग भएका व्यक्तिहरू बढी प्रभावित हुने जनाइएको छ। अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/