spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी वायुको प्रभाव कायमै, तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने अन्य हिमाली क्षेत्रहरूमा पनि बादल लाग्ने सम्भावना रहेको छ।

आज दिउँसो हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो लहरको जोखिम समेत देखिएको छ।

आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा पनि समान मौसम रहने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन तथा चट्याङ्ग र तातो लहरबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here