spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारगृहमन्त्री सुधन गुरुङ को राजीनामा: निष्पक्ष छानबिनका लागि पद त्याग

गृहमन्त्री सुधन गुरुङ को राजीनामा: निष्पक्ष छानबिनका लागि पद त्याग

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत् आफ्नो निर्णय सार्वजनिक गर्दै निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गर्न र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

गुरुङले आफ्नो वक्तव्यमा पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उठेका शेयरसम्बन्धी प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। उनले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको भन्दै अब सम्बन्धित विषयमा स्वतन्त्र र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरुङको कार्यकाल छोटो समयमै विवादमा परेको थियो। यद्यपि उनले आफ्नो निर्णयलाई व्यक्तिगत जिम्मेवारी र राजनीतिक संस्कारको रूपमा प्रस्तुत गरेका छन्।

उनले सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूसमेतलाई सम्बोधन गर्दै सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आग्रह गरेका छन्। “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सबैले जिम्मेवार र पारदर्शी व्यवहार अपनाउनुपर्छ,” उनले भने।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here