spot_img
19.1 C
Kathmandu
spot_img
Homeप्रविधिसामसङका नयाँ ग्यालेक्सी ए५७ र ए३७ फाइभ–जी नेपालमा सार्वजनिक

सामसङका नयाँ ग्यालेक्सी ए५७ र ए३७ फाइभ–जी नेपालमा सार्वजनिक

काठमाडौँ — सामसङ नेपालले नेपाली बजारमा नयाँ ‘ग्यालेक्सी ए’ सिरिजअन्तर्गत ग्यालेक्सी ए५७ फाइभ–जी र ग्यालेक्सी ए३७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी स्मार्टफोनले प्रिमियम फिचरलाई किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेका छन्।

नयाँ मोडलहरूमा उन्नत क्यामेरा, स्मार्ट एआई प्रविधि र आकर्षक डिजाइन समावेश गरिएको छ। कम्पनीले ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा अन्तर्गत २४ महिनासम्मको किस्ता सुविधा पनि उपलब्ध गराएको छ, जुन हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड मार्फत सञ्चालनमा छ।

मूल्यतर्फ ग्यालेक्सी ए५७ फाइभ–जीको १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ भने ८ जीबी र्‍यामको भेरियन्ट ५४ हजार ९९९ रुपैयाँमा पाइन्छ। त्यसैगरी ग्यालेक्सी ए३७ फाइभ–जीको १२ जीबी र्‍याम भेरियन्ट ४९ हजार ९९९ रुपैयाँ, ८ जीबी/२५६ जीबी भेरियन्ट ३७ हजार ९९९ रुपैयाँ र ८ जीबी/१२८ जीबी भेरियन्ट ३४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यी स्मार्टफोनमा ‘असम इन्टेलिजेन्स’ नामक एआई प्रणाली समावेश गरिएको छ, जसले भ्वाइस ट्रान्सक्रिप्सन, एआई सेलेक्ट र स्मार्ट एडिटिङजस्ता सुविधा प्रदान गर्छ। फोटो सम्पादनका लागि ‘अब्जेक्ट इरेजर’, ‘फिल्टर’ र ‘एडिट सुझाव’ उपलब्ध छन् भने ग्यालेक्सी ए५७मा ‘बेस्ट फेस’ र ‘अटो ट्रिम’ जस्ता अतिरिक्त सुविधा थपिएका छन्।

क्यामेरातर्फ दुवै मोडलमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप रहेको छ। ‘नाइटोग्राफी’ प्रविधिका कारण कम प्रकाशमा पनि गुणस्तरीय फोटो तथा भिडियो खिच्न सकिने दाबी गरिएको छ।

प्रदर्शनका लागि अपग्रेड गरिएको प्रोसेसर र ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ। ग्यालेक्सी ए५७ फाइभ–जीमा ‘सुपर फास्ट चार्जिङ २.०’ सुविधा पनि उपलब्ध छ। ठूलो भेपर चेम्बरका कारण लामो समयसम्म स्थिर प्रदर्शन हुने बताइएको छ।

सुरक्षातर्फ दुवै स्मार्टफोन आईपी६८ रेटिङसहित पानी र धुलो प्रतिरोधी छन्। कम्पनीले ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here