spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुनचाँदीको मूल्यमा पुनः वृद्धि, प्रतितोला सुन ३ लाख १ हजार

सुनचाँदीको मूल्यमा पुनः वृद्धि, प्रतितोला सुन ३ लाख १ हजार

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा पुनः वृद्धि देखिएको छ। अघिल्लो दिन उल्लेख्य रूपमा घटेको सुनको मूल्य आज भने बढेर कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर तीन लाख एक हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो, जहाँ एकै दिन तीन हजार रुपैयाँसम्म गिरावट आएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला पाँच हजार एक सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर पाँच हजार दुई सय २५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रुपैयाँको वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारतर्फ पनि सुनको मूल्य उच्च दरमा कायम रहेको छ। हाल सुन प्रतिऔंस चार हजार आठ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here