Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई अर्बौंको क्षति

काठमाडौँ — अध्ययन बिदामा गएर तोकिएको समयमै जिम्मेवारीमा नफर्किने प्राध्यापकहरूको कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको तथ्य सार्वजनिक भएको छ। हालै सम्पन्न छानबिन अनुसार करिब ३९८ प्राध्यापकले अध्ययन बिदा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ — अध्ययन बिदामा गएर तोकिएको समयमै जिम्मेवारीमा नफर्किने प्राध्यापकहरूको कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको तथ्य सार्वजनिक भएको छ। हालै सम्पन्न छानबिन अनुसार करिब ३९८ प्राध्यापकले अध्ययन बिदा लिए पनि आफ्नो दायित्व पूरा नगरेको पाइएको हो।

छानबिन प्रतिवेदनअनुसार १९१ जना प्राध्यापक बिदा अवधि सकिएपछि पनि विश्वविद्यालयमा नफर्किएको पाइएको छ भने २०७ जनाले अध्ययन नै सम्पन्न नगरेको देखिएको छ। यसले विश्वविद्यालयको शैक्षिक तथा आर्थिक व्यवस्थापनमा गम्भीर असर परेको त्रिवि प्रशासनले जनाएको छ।

त्रिविले पटक–पटक ताकेता गरेपछि केही सकारात्मक प्रगति देखिएको छ। हालसम्म २० जना प्राध्यापकबाट करिब ६ करोड रुपैयाँ फिर्ता भइसकेको छ। साथै, ५० भन्दा बढी प्राध्यापक रकम फिर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिइएको छ।

यस विषयमा बालेन शाह र शिक्षामन्त्री सस्मित पोखरेल ले समेत चासो देखाएका छन्। दुवैको सचिवालयले छानबिन समितिसँग छलफल गरेपछि त्रिविले कारबाही प्रक्रिया तीव्र बनाएको हो।

त्रिवि प्रशासनले अब पनि रकम फिर्ता नगर्ने प्राध्यापकविरुद्ध कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको जनाएको छ। साथै, भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा निगरानी तथा नीति सुधार गर्ने योजना पनि अघि सारिएको छ।

यस घटनाले उच्च शिक्षामा जिम्मेवारी, पारदर्शिता र जवाफदेहिताको आवश्यकता झनै स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/