Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सुरु गर्‍यो

काठमाडौं — काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन सार्वजनिक बससेवा सञ्चालनमा ल्याएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु गरिएको यो सेवा आज साँझ ७ बजेदेखि औपचारिक रूपमा शुभारम्भ गरिएको हो। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन सार्वजनिक बससेवा सञ्चालनमा ल्याएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु गरिएको यो सेवा आज साँझ ७ बजेदेखि औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार पहिलो चरणमा उपत्यकाभित्र दुई प्रमुख रुटमा विद्युतीय बस सञ्चालन गरिनेछ। पहिलो रुट ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्म सञ्चालन हुनेछ, जसले पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गङ्गालाल हृदय केन्द्र हुँदै सेवा दिनेछ।

दोस्रो रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुनेछ, जसले सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन र तीनकुने हुँदै विमानस्थलसम्म यात्रा गराउनेछ।

महानगरले कुल चार वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्नेछन् भने हरेक २० मिनेटको अन्तरालमा सेवा उपलब्ध हुनेछ। यात्रुहरूको सुरक्षाका लागि बसमा सिसिटिभी क्यामेरा जडान गरिएको छ र नगरप्रहरी पनि परिचालन गरिनेछ।

महानगरका अनुसार रातको समयमा सार्वजनिक यातायात नहुँदा यात्रुहरूलाई महँगो भाडा तिर्नुपर्ने समस्या समाधान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो। विशेषगरी विद्यार्थी, महिला र कामकाजी यात्रुहरूलाई यसले सहजता दिने अपेक्षा गरिएको छ।

महानगरले यो सेवालाई सुरक्षित, भरपर्दो र दिगो बनाउने लक्ष्य राखेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/