Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

खाडी राष्ट्रहरूसँग क्षतिपूर्तिको माग, संयुक्त राष्ट्रसङ्घमा पत्रमार्फत दबाब

इरानले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र कुवेतमाथि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै आफूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने माग पुनः उठाएको छ। संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी…


विज्ञापनAdvertisement Banner
2 min read

इरानले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र कुवेतमाथि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै आफूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने माग पुनः उठाएको छ।
संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इरावानीले महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा ती पाँच देशहरूले आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा नगरेको उल्लेख गरिएको छ। इरानी समाचार एजेन्सी आईआरएनएले उक्त पत्र सार्वजनिक गरेको जनाएको छ।
पत्रमा ती देशहरूले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको र त्यसका कारण इरानलाई भौतिक तथा मानसिक दुवै प्रकारका क्षति पुगेको दाबी गरिएको छ। त्यसैले उनीहरूले ती सबै क्षतिको पूर्ण रूपमा भरपाई गर्नुपर्ने इरानको अडान रहेको छ।
इरानले यसअघि पनि यस्तै माग गर्दै आएको छ। विशेषगरी अमेरिकासँगको द्वन्द्वपछि पनि इरानले क्षतिपूर्तिको विषय उठाएको थियो।
पाकिस्तानले इरान र अमेरिकाबीच पुनः वार्ता सुरु हुन सक्ने संकेत दिएको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफका अनुसार अहिले युद्धविराम कायम रहेको र वातावरण सकारात्मक बन्दै गएकोले दुवै देशबीचको अर्को चरणको वार्ता छिट्टै अघि बढ्न सक्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *