spot_img
21.7 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीनेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आइतबार सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ५४ हजार ५४५ रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। साथै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ कायम गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here