Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाँकेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं - बाँके जिल्लामा भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। शनिबार बिहान कोहलपुर नगरपालिका–१५ अकलघरूवा क्षेत्रमा भे.१ ख ३२३२ नम्बरको टिपरले क.प्र.०२–००१ ब ०३६१…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – बाँके जिल्लामा भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

शनिबार बिहान कोहलपुर नगरपालिका–१५ अकलघरूवा क्षेत्रमा भे.१ ख ३२३२ नम्बरको टिपरले क.प्र.०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार जाजरकोट छेडागाड गाउँपालिका–५ निवासी ५७ वर्षीया देबीसरा रावतको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नेपालगञ्जस्थित संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालिमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार टिपर चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *