Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, ‘आपतकाल’ घोषणा गर्न माग

काठमाडौं — नेपाल निर्माण उद्योग परिषद् ले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण समग्र निर्माण क्षेत्र संकटग्रस्त बनेको भन्दै सरकारसँग ‘निर्माण उद्योगमा आपतकाल’ घोषणा गर्न माग गरेको छ। परिषद्ले शनिबार जारी गरेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल निर्माण उद्योग परिषद् ले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण समग्र निर्माण क्षेत्र संकटग्रस्त बनेको भन्दै सरकारसँग ‘निर्माण उद्योगमा आपतकाल’ घोषणा गर्न माग गरेको छ।

परिषद्ले शनिबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजार, विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनजन्य पदार्थको मूल्य लगातार बढिरहेको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको उल्लेख गरिएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यवृद्धिसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायतका अत्यावश्यक सामग्रीको मूल्य पनि निरन्तर उकालो लाग्दा निर्माण कार्य प्रभावित भएको जनाइएको छ।

विज्ञप्तिअनुसार बजारमा सामग्रीको अभाव र मूल्यवृद्धिका कारण धेरै आयोजना ठप्प हुने अवस्थामा पुगेका छन्। साथै, देशका विभिन्न स्थानमा क्रसर उद्योगसँग सम्बन्धित समस्याले निर्माण क्षेत्रलाई थप प्रभावित बनाएको परिषद्को भनाइ छ।

परिषद्ले नेपाल राष्ट्र बैंक को मूल्य सूचकाङ्क र बजारको वास्तविक मूल्यबीच ठूलो अन्तर रहेको भन्दै आपत्ति जनाएको छ। बजारमा सामग्रीको मूल्य तीव्र रूपमा बढ्दा पनि सूचकाङ्कमा घटेको देखाइने प्रवृत्तिका कारण ठेक्का सम्झौताअनुसार मूल्य समायोजन हुन नसकेको र त्यसले व्यवसायीहरूलाई आर्थिक दबाबमा पारेको उल्लेख गरिएको छ।

समस्या समाधानका लागि परिषद्ले सरकारसमक्ष केही प्रमुख मागहरू राखेको छ। तत्काल निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरी राहत उपलब्ध गराउनुपर्ने, हालको कानुनी व्यवस्थाले मूल्य समायोजन गर्न नसक्ने अवस्था भएकाले नयाँ ‘मूल्य समायोजन मार्ग निर्देशिका–२’ जारी गर्नुपर्ने, र सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था लागू गर्नुपर्ने माग गरिएको छ।

परिषद्ले निर्माण क्षेत्र देशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै समस्या समाधानमा ढिलाइ भएमा दीर्घकालीन असर पर्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/