Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा…


विज्ञापनAdvertisement Banner
1 min read
काठमाडौँ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा आन्तरिक हवाई इन्धनको मूल्य बढाइएको हो ।

नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँले मूल्य बढेको छ । त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ । यस्तै, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/