Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पाटनमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

काठमाडौं — ललितपुरको पाटन क्षेत्रमा भएको छुरा प्रहार घटनामा गम्भीर घाइते भएका दुई दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापा जिल्ला कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — ललितपुरको पाटन क्षेत्रमा भएको छुरा प्रहार घटनामा गम्भीर घाइते भएका दुई दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा जिल्ला कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २५ वर्षीय सृजन नेम्बाङ रहेका छन्।

प्रहरीका अनुसार चैत २५ गते साँझ पाटनस्थित कृष्ण मन्दिर परिसरमा दुई पक्षबीच विवाद हुँदा उनीहरूमाथि छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

घटनामा दुवैको पेटमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले छुरा प्रहारमा संलग्न रहेको आरोपमा ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भई ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई पक्राउ गरेको छ।

घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/