Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको जनाएको छ। महाशाखाका अनुसार यस प्रणालीको प्रभावले देशका विभिन्न…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको जनाएको छ।

महाशाखाका अनुसार यस प्रणालीको प्रभावले देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि बाक्लो बादल लागेको छ भने तराई क्षेत्रका अधिकांश स्थानमा मौसम सफा रहेको छ।

विशेषगरी गण्डकी प्रदेश का पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। साथै कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेश का पहाडी भू–भागका केही स्थानमा पनि फाट्टफुट्ट वर्षा भइरहेको छ। उच्च हिमाली क्षेत्रमा भने हिमपात जारी रहेको जनाइएको छ।

आज दिनभर देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले वर्षा र चट्याङको जोखिमलाई ध्यानमा राख्दै विशेषगरी पहाडी क्षेत्रका बासिन्दा, पदयात्रामा रहेका पर्यटक तथा हिमाली भेगमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। यात्रा तथा बाह्य गतिविधि गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न पनि सुझाव दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/