काठमाडौं – आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ। सरकारका प्रवक्ता सीमित पोखरेलका अनुसार आइतबार र सोमबार दुई दिन बिदा दिने भएको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार, शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यो नयाँ समय तालिका भोलि अर्थात् चैत २३ गतेदेखि लागू गरिने जनाइएको छ।
प्रवक्ता तथा शिक्षामन्त्री पोखरेलका अनुसार, शैक्षिक संस्थाहरूका लागि भने यो समय तालिका लागू हुने छैन। “शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय ९ देखि ५ सम्म निर्धारण गरिएको छ,” उनले बताएका छन्। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई ध्यानमा राख्दै सरकारले यो व्यवस्था लागू गरेको स्पष्ट पारेको छ।




