Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रु दुर्व्यवहार गर्ने १८ जना नियन्त्रणमा

काठमाडौं — काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा जबरजस्ती होटलमा लैजाने कार्यमा संलग्न १८ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा जबरजस्ती होटलमा लैजाने कार्यमा संलग्न १८ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार राति करिब १०:०० बजे विमानस्थल आसपास क्षेत्रमा खटिएको प्रहरी टोलीले यात्रुहरूलाई विभिन्न प्रलोभन देखाई आफ्नो सम्पर्कका होटलमा लैजाने, सोबापत होटल तथा यात्रुबाट कमिसन लिने, साथै आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा परेकाहरू विभिन्न जिल्लाका बासिन्दा रही हाल काठमाडौँका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन्। उनीहरूले विमानस्थल क्षेत्रमा आएका स्वदेशी तथा विदेशी यात्रुहरूलाई लक्षित गरी जबरजस्ती तान्ने, होटलमा लैजाने र आर्थिक लाभ लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नियन्त्रणमा परेकामध्ये सर्लाहीका सुर्य माझी, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेम कुमार मगर, सिन्धुलीका राज कुमार राई, मकवानपुरका मंगलमान घलान लगायत रहेका छन्। साथै अन्य व्यक्तिहरू पनि सोही प्रकृतिको कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त घटनामा संलग्न सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। साथै विमानस्थल क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन यस्ता गतिविधिविरुद्ध कडा निगरानी जारी राखिने पनि प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यात्रुहरूलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न तथा कुनै समस्या परेमा नजिकको प्रहरी निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/