Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौँमा गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेसन : १७ जना पक्राउ

काठमाडौं -  काठमाडौँ उपत्यकामा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै १७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट गएराति नियन्त्रणमा लिइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं –  काठमाडौँ उपत्यकामा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै १७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट गएराति नियन्त्रणमा लिइएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट १३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू मध्ये अधिकांश तथाकथित ‘काभ्रेली समूह’सँग सम्बन्धित रहेका छन्।

पक्राउ पर्नेमा सञ्जि लामा, अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ रहेका छन्। सुरेश गुरुङ कुख्यात गुन्डा नाइके श्याम लामा समूहसँग आबद्ध रहेको खुलेको छ। श्याम लामा भने हाल फरार रहेका छन्।

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ। परिसरको टोलीले प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रवीण तामाङ बौद्ध क्षेत्रमा, बिर्जु महर्जन कालंकी र बाफल क्षेत्रमा, सुजन कार्की कालंकी क्षेत्रमा तथा सरु हुमागाईँ स्युचाटार क्षेत्रमा सक्रिय रूपमा गुण्डागर्दीमा संलग्न रहेका थिए।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। उपत्यकामा शान्ति सुरक्षा कायम गर्न यस्ता अपरेसनलाई निरन्तरता दिइने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *