काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ५५ हजार १४५ रुपैयाँ रहेको थियो।
यससँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो।
त्यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ४ हजार २४० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा आएको उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य घटबढ हुने गरेको महासंघले जनाएको




