spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी र स्थानीय वायुको प्रभाव कायम, पाँच प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायम, पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं — देशमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायम रहेकाले विभिन्न प्रदेशमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी हिमाली तथा पहाडी भूभागमा यसको प्रभाव देखिनेछ।

महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत क्षेत्रका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम आंशिकदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी र तराई भूभागमा रातिको समयमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्ने तथा खुला स्थानमा रहने सर्वसाधारणलाई चट्याङ्ग र मौसम परिवर्तनप्रति सतर्क रहन आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here