Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बिलबुक नवीकरणका नाममा सेवाग्राही ठग्ने १६ जना पक्राउ

काठमाडौँ - सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई दुःख हैरानी दिई सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार २०८२ चैत १७ गते काठमाडौँस्थित…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई दुःख हैरानी दिई सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार २०८२ चैत १७ गते काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. १ लाख २२ हजार र ५३ थान बिलबुकसहित नियन्त्रणमा लिएको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले दिएको जानकारीअनुसार सेवाग्राहीको काम छिटो गरिदिने बहानामा अवैध रूपमा रकम असुल्ने तथा सेवा प्रवाहमा बाधा पुर्‍याउने गतिविधिमा उनीहरू संलग्न थिए।

स्वयम्भू क्षेत्रबाट ८ जना पक्राउ

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका ३६ वर्षीय बल ब. सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, तारकेश्वरका ३१ वर्षीय संजय राजवाहक, नागार्जुनका ३६ वर्षीय विमल तामाङ, खाँडादेवीका ३५ वर्षीय रमेश कार्की, कैलालीका ६० वर्षीय सुमनप्रसाद श्रेष्ठ, बेलकोटगढीका ३९ वर्षीय उद्धव खनाल र धादिङकी ३६ वर्षीया कल्पना लम्साल रहेका छन्।

थानकोट क्षेत्रबाट ८ जना पक्राउ

त्यस्तै प्रहरी वृत्त थानकोटको टोलीले गुर्जुधारास्थित यातायात कार्यालयबाट थप ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेका ३० वर्षीय सुनिल लामा, चन्द्रागिरीका २३ वर्षीय सुदिप मगर, धादिङका २० वर्षीय बुद्ध तामाङ, मकवानपुरका २६ वर्षीय सुमेश नेपाली, धादिङकै २४ वर्षीय अमन तामाङ, बझाङका १८ वर्षीय उज्वल सिंह र मोरङका २६ वर्षीय दिलिप राई रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको छ। साथै, यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र आधिकारिक माध्यमबाट मात्रै सेवा लिन सेवाग्राहीलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/