spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसुन–चाँदीको मूल्यमा भारी उछाल, प्रतितोला सुन २ लाख ९० हजार नाघ्यो

सुन–चाँदीको मूल्यमा भारी उछाल, प्रतितोला सुन २ लाख ९० हजार नाघ्यो

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्यले नयाँ उचाइ छोएको छ, जसले बजारमा चासो बढाएको छ।

त्यसैगरी, आज १० ग्राम सुनको मूल्य पनि वृद्धि भई २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ०५५ रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार १५४ रुपैयाँ निर्धारण गरिएको छ, जुन सोमबार ४ हजार ०३० रुपैयाँ रहेको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो। पछिल्लो समय विश्व बजारमा सुनको माग तथा भूराजनीतिक अवस्थाले मूल्यमा चाप बढाएको जनाइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here