Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं — काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। उक्त आन्दोलन भदौ २३ र २४ गते भएको थियो, जस समयमा रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।

आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जाने गरी गोली चलाउन आदेश दिएको आरोपमा रिजालको तीव्र आलोचना हुँदै आएको छ। यद्यपि, उनले भने आयोगसमक्ष दिएको बयानमा घातक हतियार प्रयोग गरी गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/